बिहीबार, जेठ २, २०८२

यौन दुर्व्यवहारको आरोपमा ट्रम्प दोषी ठहर

नेपालखोज २०८० वैशाख २७ गते ७:००

न्यूयोर्क । न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ ।

एक पत्रिकाकी लेखिका इ. जीन क्यारोलले १९९० मा उनले आफू माथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन । अदालतले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिइनु पर्ने निर्णय गरेको छ । यद्यपि अदालतले डिपार्टमेन्ट स्टोरमा क्यारोललाई बलात्कार गरेकोमा ट्रम्पलाई जिम्मेवार पाएन किनभने यो मुद्दा फौजदारी अदालतमा नभई सिभिल कोर्टमा चलिरहेको थियो।

ट्रम्प दुई सातासम्म म्यानहट्टन फेडरल कोर्टमा सुनुवाइमा उपस्थित भएनन् र उनले यी आरोपहरूलाई खारेज गरे। स्थानीय पत्रकारहरूका अनुसार अर्को वर्ष अमेरिकी राष्ट्रपति चुनाव लड्ने ट्रम्पको योजनालाई यो मामिले ठुलो धक्का पुर्‍याउन सक्छ।

डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रथमा यो निर्णय प्रति प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, ‘मलाई यी महिला को हुन् भन्ने बिल्कुलै थाहा छैन । यो निर्णय अपमान हो।’

पूर्व राष्ट्रपतिका प्रवक्ताले विज्ञप्ति जारी गर्दै यो ट्रम्पविरुद्धको ‘अभियान’ तथा राजनीतिक रूपमा प्रेरित झुटो मुद्दा हो भनेका छन् । ट्रम्पले उक्त निर्णयविरुद्ध अपिल गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया