शुक्रबार, असार २०, २०८२

मैनापोखरी घटनाको १९ वर्ष

सुनील उलक २०८० वैशाख २७ गते ११:०३
सुनील उलक

२०६१ वैशाख २७ गते २० दिनकी छोरी सोनालाई काखमा राखेर नानी मैयाँ काफ्ले , उनका श्रीमान् सोबेन्द्रप्रसाद काफ्ले र आमा कृष्णमायाको साथ जिरीबाट काठमाडौं जाने बस चढेका थिए । दिउँसो साढे एघार बज्नै लागेको थियो । बस मैना पोखरी पुगेपछि अचानक रोकियो, माओवादीले बाटो अवरोध गरेका रहेछन् ।

बस भित्र सादा पोसाकमा केही सैनिकहरू चढेको सुइँको माओवादीले पाइसकेका थिए । तसर्थ माओवादीले भेटे मार्छन् भन्ने त्रास सैनिकहरूमा थियो । तर अन्य साधारण यात्रुहरू अन्जान थिए । सेनाले आम जनता यात्रा गर्ने सवारीसाधनमा सेनालाई ओसारपसार गर्नु हुँदैनथ्यो ।

एक्कासि बसभित्रै गोली चल्न थाल्यो । केही यात्रु बसबाट भाग्न सफल भए । नानी मैयाँ पनि आफ्नो ज्यान जोगाउन ड्राइभरको क्याबिन भित्र पसिन् र साथमा रहेको छोरीलाई सिट मुनि लुकाइन् । गोली चल्न रोकिए पछि छोरी च्याप्दै बसबाट निस्कन लागेकी नान मैयाँले श्रीमान् सोबेन्द्रलाई रगताम्य भएर ढलेको देखिन ।

सोबेन्द्रको मृत्यु भइसकेको थियो । सो घटनामा १५ जनाले ज्यान गुमाए, जसमा ८ सैनिक थिए भने ७ जना निर्दोष सर्वसाधारण थिए ।

सो घटनाको केही दिनमा पुगेका नेपथ्यका अमृत गुरुङले २४ मिनेट लामो गाइनेको कर्खा शैलीमा गीत नै बनाए । गीत यो लिङ्कमा सुन्न र हेर्न सक्नुहुन्छ । साथै घटनाको १३ वर्ष पछि फेरी अमृत मैना पोखरी पुगे । नानीमैया र सोनालाई भेट्न चरिकोट पुगेका थिए । साथको तस्बिर चरिकोटको भेटको हो । तस्बिरमा नानीमैया र १३ वर्ष पुगिसकेकी छोरी सोनाको साथ अमृत गुरुङलाई देख्न सकिन्छ ।

आङ्दोमा शेर्पा (रामेछाप) – सर्वसाधारण वर्ष ३०
विष्णुमाया सुनुवार (दोलखा) – सर्वसाधारण
गुणमाया सुनुवार (दोलखा) – सर्वसाधारण वर्ष ३६
सर्मिला सुनुवार (दोलखा) – सर्वसाधारण वर्ष ४०
खड्कबहादुर कार्की (विष्णु) (रामेछाप) – सर्वसाधारण वर्ष २८
निमबहादुर श्रेष्ठ (विष्णु) (रामेछाप) – सर्वसाधारण (सैनिक बिदामा)वर्ष ४१
सोविन्द्रप्रसाद काफ्ले (दोलखा) – सर्वसाधारण वर्ष २९
मुकुन्दबहादुर खत्री (रामेछाप) – सैनिक जवानवर्ष २२
धनबहादुर श्रेष्ठ (मोरङ) – सैनिक जवानवर्ष २२
१०प्रशान्त वली (बर्दिया) – सैनिक जवानवर्ष २०
११मीनबहादुर सिंह (दैलेख) – सैनिक जवानवर्ष ३१
१२देवबहादुर सर्वुचा (सुर्खेत) – सैनिक जवानवर्ष १९
१३बोधवीर राई (इलाम) – सैनिक जवानवर्ष २०
१४राजकुमार पुरी (भक्तपुर) – सैनिक जवानवर्ष १९
१५इन्द्रकुमार कट्टेल (ओखलढुङ्गा) – सैनिक जवानवर्ष २८

प्रतिक्रिया