अत्याधिक गर्मीका कारण मिर्गौला तथा मुटु रोगीमा समस्या

मिर्गौला रोगीहरूले गर्मीमा धेरै कम पानी पिएमा डिहाइड्रेसन हुन सक्छ । यसै गरी धेरै पानी वा तरल पिउँदा तरल ओभर लोड हुन सक्छ। त्यसैले शरीरमा पानीको मात्रा सन्तुलनमा राख्नुपर्छ । मिर्गौला रोगीले कति पानी पिउने र कहिले पिउने भन्ने विषयमा चिकित्सकसँग परामर्श गर्नुपर्छ।
अत्यावश्यक बाहेक घाममा निस्कनुहुँदैन । यदि घाममा बाहिर जानु छ भने, लेमोनेडको बोतलमा साथमा राख्नु पर्छ । जसले मुख सुख्खा हुँदा तथा तिर्खा लाग्दा केही आराम दिन सक्छ ।
गर्मीले रक्तचापका बिरामीलाई बढी असर गर्छ
उच्च र निम्न रक्तचापका बिरामीले लामो समय घाममा बस्नु हुँदैन। गर्मीमा लामो समय घाममा बस्दा रक्तचाप घट्छ । कम रक्तचाप भएका बिरामी लामो समय घाममा बसे शरीरमा पानीको तीव्र कमी हुन्छ र ज्यानसमेत जोखिममा पर्न सक्छ । अर्कातर्फ उच्च रक्तचापका बिरामी भए उनको औषधि नियमित चल्छ जसका कारण बारम्बार पिसाब आउँछ र शरीरबाट छिट्टै पानी निस्कन्छ ।
घाममा बस्दा शरीरले सही मात्रामा पानी नपाए डिहाइड्रेसन सुरु हुन्छ र यो अवस्था जोखिमपूर्ण हुन सक्छ। गर्मीमा मानिसहरू ४–५ घण्टा सम्म घाम वा खुल्ला ठाउँमा हुन सक्छन् । यस्तो अवस्थामा डिहाइड्रेसन अपरिहार्य हुन्छ ।
डिहाइड्रेसनका लक्षण
• ओठ सुख्खा हुनु
• सास फेर्न समस्या
• टाउको दुख्ने
• रिगँटा आउने
• वाकवाकी लाग्ने
• थकान
• कम पिसाब
• मांसपेशीको दुखाइ
यदि दिउँसो घाममा कतै जानू छ । जस्तो, परीक्षाको पेपर दिन, यात्रामा, धार्मिक स्थलमा, रासन लिन वा कुनै आपत्कालीन अवस्थामा तयारीबिना घाममा निस्कनु हुँदैन । गर्मी वा तातोमा विशेष सतर्क हुन आवश्यक छ। गर्मीका कारण पानीको अभाव भएर मानिसको ज्यान गयो वा गर्मीका कारण हृदयघात भयो भन्ने कुरा पुष्टि गर्न सकिँदैन।
बुझ्नुपर्ने कुरा के भने लामो समय घाममा बस्दा मानिसको शरीरमा पानीको कमी हुन्छ । पानीको कमीले रगत बाक्लो हुन्छ, जसका कारण बिपी बढ्छ । यसैले गर्दा हृदयाघात हुने सम्भावना पनि बढ्छ । गर्मीमा शरीरको तापक्रम बढेपछि मुटुलाई आफ्नो काम गर्न गाह्रो हुन थाल्छ । जसलाई पहिले देखि नै मुटु सम्बन्धी समस्या छ, उनीहरूले यसमा बढी ध्यान पुर्याउनुपर्छ ।
शरीरलाई हाइड्रेटेड राख्न र गर्मीबाट बच्न पानी वा नरिवलको पानी पिउन सकिन्छ । तरबुजा, कागती, टमाटर, आँप जस्ता मौसमी फलफूलको रस पनि उपयोगी पनि हुन्छन् । चिसो ठाउँबाट अचानक तातो ठाउँमा जानुहुँदैन ।
त्यसै गरी तातो ठाउँबाट चिसो ठाउँमा पनि नजानुहोस् । घरबाट निस्कँदा छाता, टोपी, हेलमेट आदि प्रयोग गर्नुपर्छ । सनस्क्रिन लगाएर मात्र घाममा निस्कनुपर्छ । राम्रो सन ग्लास प्रयोग गर्नुपर्छ, जसले कम्तीमा ९९ प्रतिशत युभिबि ( UVB ) किरण तथा ५० प्रतिशत सम्म युभिए ( UVA ) किरण रोक्छ।
यदि कसैलाई गर्मी भएको छ भने तुरुन्तै यी उपाय अपनाउनुपर्छ : सन स्ट्रोकबाट पीडित व्यक्तिलाई घाममा राख्नुहुँदैन । कपडाको बाक्लो तहहरू हटाई दिएर हावा लाग्न दिनुपर्छ । शरीरलाई चिसो पार्न कुलर वा फ्यानमा बस्नुपर्छ । चिसो पानीले शरीर पखाल्न सकिन्छ । चिसो पानीले भिजाइएको कपडाले शरीर पुछ्न सकिन्छ ।
टाउकोमा चिसो पानीले भिजाएको कपडा वा आइस प्याक राख्न सकिन्छ । टाउको, घाँटी, काखी तथा कम्मरमा चिसो पानीमा भिजाइएको तौलिया राख्न सकिन्छ । यी उपायहरू अपनाउँदा पनि शरीरको तापक्रम घटेन भने तुरुन्तै चिकित्सक सँग सम्पर्क गर्नुपर्छ । -एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया