संसदमा टोपबहादुर बिरामी भएको पत्र ल्याउने व्यक्ति खोज्दै सीआईबी

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि भैरहवाबाट सम्पर्कविहीन भएका थिए ।
उनै फरार रहेका सांसद टोपबहादुर रायमाझीको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नयाँ उपाय लगाएको छ । सीआईबीले टोपबहादुर बिरामी भएको पत्र संसदमा ल्याउने व्यक्तिको खोजी सुरु गरेको छ ।
केही दिनअघि एक व्यक्तिले संसद सचिवालयमा रायमाझी बिरामी भएको पत्र ल्याएर दर्ता गराएका थिए । ती व्यक्ति को हुन् भन्ने अहिले खोजी गर्न थालिएको हो । यसका लागि सीआईबीले सचिवालयको सीसिटिभी फुटेज लगेको छ ।
‘संसदमा रायमाझी विरामी भएको पत्र त पुग्यो तर त्यो पत्र कसले लगेको थियो भन्ने कुरा आएन । त्यसरी पत्र लैजाने व्यक्तीको पहिचान खुल्न सकेको अवस्थामा रायमाझीलाई पक्राउ गर्न सजिलो हुन्छ,’ सीआईबी स्रोतले भन्यो ।
अब बढीमा १० देखि १४ दिनभित्र रायमाझी पक्राउ नपरे उनी सिधै अदालत उपस्थित हुन सक्नेछन् । त्यसको मतलब उनले प्रहरी हिरासतमा बस्नुपर्ने छैन । काठमाडौं प्रहरीले ठगी र संगठित अपराधमा अुनसन्धान गरिरहेको छ ।
प्रतिक्रिया