विपद्का कारण विस्थापित हुने मानिसहरूको सङ्ख्या कति ?

काठमाडौं । विपद्का कारण विस्थापित हुने मानिसहरूको सङ्ख्या २०२१ को तुलनामा २०२२ मा ४० प्रतिशतले बढेको अनुमान गरिएको छ । आन्तरिक विस्थापन अनुगमन केन्द्रको प्रमुख वार्षिक प्रतिवेदन आन्तरिक विस्थापन – २०२३ (GRID-2023) को ग्लोबल रिपोर्ट मे ११ मा प्रकाशित गरिएको थियो जसमा प्रकोपका कारण ३२.६ मिलियन मानिस विस्थापित भएको बताइएको छ ।
प्रकोपका कारण विस्थापित हुनेमध्ये ९८ प्रतिशत बाढी र आँधीजस्ता मौसमसँग सम्बन्धित घटनामा पर्नेहरू छन् । जीआरआडि – २०२३ अनुसार २०२२ को आँधीबेहरी २०१६ पछि पहिलो पटक बढी गम्भीर थियो । यसमा १० मध्ये ६ प्रकोप विस्थापन बाढीका कारणले भएको थियो। २०२२ मा सबैभन्दा बढी विस्थापन पाकिस्तानमा ८.१ मिलियन भएको थियो । त्यसपछि फिलिपिन्समा ५.४ मिलियन, चीनमा ३.६ मिलियन , भारत २५ लाख तथा नाइजेरिया २४ मिलियन छन् ।
जीआरआडि – २०२३ प्रतिवेदनले विशेष गरी तीन वर्ष लामो “ला निना” लाई मौसम-सम्बन्धित प्रकोपहरूमा वृद्धिको श्रेय दिएको छ। यो धेरै हदसम्म ला निना प्रभावको परिणाम हो जुन लगातार तेस्रो वर्ष जारी रह्यो, जीआरआडिको रिपोर्ट भन्छ। “ट्रिपल-डिप” ला निनाले संसारभरि व्यापक प्रकोप निम्त्यायो। प्रकोपले ३१ डिसेम्बर २०२२ सम्म ८८ देश र क्षेत्रका ८.७ मिलियन मानिसलाई आन्तरिक रूपमा विस्थापित गरेको थियो।
“यसले पाकिस्तान, नाइजेरिया र ब्राजिल आदि देशमा बाढीबाट विस्थापनको रेकर्ड तोडेको छ,” रिपोर्टले भनेको छ । पाकिस्तानमा बाढीले लाखौँ मानिसलाई विस्थापित गर्यो जुन विश्वव्यापी प्रकोप विस्थापनको एक चौथाइ हो । यस्तै सोमालिया, इथियोपिया र केन्यामा सबैभन्दा खराब खडेरी देखियो जसमा २.१ मिलियन मानस विस्थापित भए । हालैका वर्षहरूमा द्वन्द्व र हिंसाको तुलनामा प्रकोपले धेरै मानिसलाई विस्थापित गरिरहेको छ ।
जलवायु परिवर्तन-प्रेरित मौसम सम्बन्धित प्रकोपले मानिसहरूमा ठुलो मात्रामा आन्तरिक विस्थापन निम्त्याउँदै छ । यी विस्थापित मानिसहरूलाई “जलवायु शरणार्थी” भनेर चिनिन्छ । आइडीएमसिले २०१८ मा प्रकोप प्रवाह (सुख्खा बाहेक) को अनुगमन गर्न थालेको हो । यसले २०१९ मा आफ्नो पहिलो प्रतिवेदन प्रकाशित गरेदेखि प्रकोपबाट प्रभावित जनसङ्ख्या निरन्तर बढ्दै गएको छ ।
२०१८ को अन्त्य सम्म प्रकोपबाट विस्थापित लगभग १.६ मिलियन मानिस अझै पनि आफ्नो घर वा शिविरबाट टाढा छन्। आइडीएमसि प्रतिवेदनले सन् २०२१ सम्ममा प्रकोपका कारण ३.०७ करोड नयाँ विस्थापन भएको उल्लेख गरेको छ । २०२२ मा उप-सहारा अफ्रिकाले १६.५ मिलियन आन्तरिक विस्थापन रेकर्ड गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । यो १७ प्रतिशत वृद्धि विपद् विस्थापनको सङ्ख्यामा तीन गुणा वृद्धि भएका कारणले आएको हो ।
७४ लाखको यो विस्थापन रेकर्ड अहिलेसम्मकै उच्च विस्थापन रेकर्ड हो । नाइजेरियाले २.४ मिलियन प्रकोप विस्थापन रेकर्ड गर्यो, जुन एक दशकमा सबैभन्दा उच्च र २०२२ मा उप-सहारा अफ्रिकामा सबैभन्दा उच्च हो। यो वृद्धि प्रायः जुन र नोभेम्बर बिचको ठुलो बाढीको परिणाम हो। पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ला निनाको प्रभाव फरक-फरक महसुस गरिएको थियो।
यस क्षेत्रले प्रकोपका कारण औसतभन्दा कम विस्थापन रेकर्ड गरेको छ – २०२१ मा १३.७ मिलियनको तुलनामा २०२२ मा करिब १०.१ मिलियन। प्रतिवेदनले उल्लेख गरे अनुसार पूर्वी र दक्षिण पूर्वी एसियाका धेरैजसो भागहरूले कम तीव्र वर्षा र चक्रवातको मौसम अनुभव गरेका छन् । अर्कातिर द्वन्द्व र हिंसाका कारण विस्थापित हुनेमा सन् २०२१ को तुलनामा ९५ प्रतिशतले कमी आएको छ । क्षेत्रको कुल विपद् विस्थापनको ९० प्रतिशत बाढीले ओगटेको छ। पाकिस्तान, भारत र बङ्गलादेश सबैभन्दा बढी प्रभावित भएका छन् ।
गत वर्ष पाकिस्तानमा आएको बाढी असाधारण थियो र यसलाई शताब्दीकै सबैभन्दा ठुलो बाढी भनिएको थियो। समग्रमा २०२२ मा सुरक्षा र आश्रयको खोजीमा छाडने मानिसहरूको सङ्ख्या अभूतपूर्व थियो। प्रतिवेदनमा भनिएको छ, ‘गत वर्षको तुलनामा ६.९ करोडको सङ्ख्या ६० प्रतिशतले बढेको छ । २०२२ मा रुस-युक्रेन युद्धले युद्धबाट विस्थापित मानिसहरूको सङ्ख्यामा वृद्धि ल्यायो ।
जीआरआडि – २०२३ अनुसार युक्रेन युद्धले १६.९ मिलियन मानिसलाई विस्थापित गर्यो । कुनै पनि देशका लागि यो सबैभन्दा ठुलो सङ्ख्या हो । द्वन्द्व र हिंसासँग सम्बन्धित विस्थापनको सङ्ख्या लगभग दोब्बर भएर २८.३ मिलियन पुगेको छ। जीआरआडि – २०२३ रिपोर्टको अगाडि नर्वेको शरणार्थी परिषद्का महासचिव, जान इगिल्याण्डले लेखे ‘हामीले यस स्तरमा आन्तरिक विस्थापन पहिले कहिल्यै रेकर्ड गरेका छैनौँ ।’
२०२२ को अन्त्यमा लगभग ७१.१ मिलियन मानिस आन्तरिक विस्थापनमा बाँचिरहेका थिए, जुन २०२१ को तुलनामा तीव्र वृद्धि हो । यो युक्रेनको द्वन्द्वको परिणाम हो । द्वन्द्व र प्रकोपहरूका कारणले प्रत्येक वर्ष लाखौँ मानिसको घरबार खोस्छ । २०२२ मा समग्र आन्तरिक विस्थापन २०२१ को तुलनामा २० प्रतिशत बढी थियो र यो अहिलेसम्मकै उच्च सङ्ख्या हो। -एजेन्सी
प्रतिक्रिया