एमाले स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०८० वैशाख ३० गते ७:२१

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ ।
शुक्रवार बस्ने भनिएको बैठक व्यस्ततालाई देखाउदै आजका लागि सारिएको थियो । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बिहान ८ बजेका लागि बोलाइएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।
सम्बन्धित
प्रतिक्रिया