आइतबार, वैशाख ३०, २०८१

भाउजुको पसल छ…

अर्जुन पराजुली २०८० वैशाख ३० गते २०:३७

मेरो देशमा
भाउजुको पसल छ
दाजुको पसल छ
बाको पसल छ !

भाउजुको पसलबाट भाउजुले
देवर नन्द बेच्नुहुन्छ !
दाजुको पसलबाट दाजुले
भाइ–वहिनी बेच्नुहुन्छ !

बाको पसलबाट बाले
छोराछोरी बेच्नुहुन्छ !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया