इरानको दक्षिणी ग्यास उद्योगमा मजदुरको हडतालको विरोधमा आठ जना पक्राउ

तेहरान । इरानको दक्षिणी भागमा रहेको एक प्रमुख ग्यास उत्पादनस्थलमा मजदुरको हडतालको ‘नेतृत्व’ गरेको आरोपमा इरानी अधिकारीहरूले आठ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
‘साउथ पार्स परियोजनामा कामदारको हडतालका मुख्य आठ जना नेतालाई गुप्तचर निकायले पक्राउ गरेको छ,’ स्थानीय उपप्रशासकलाई अकबर पौराटलाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएको छ ।
इरानले कतारसँग साझेदारी गरेको विश्वको सबैभन्दा ठूलो ग्याँस भण्डार साउथ पार्स-नर्थ डोम मेगा फिल्डमा करिब ४० हजार जनाले रोजगारी पाएका छन् ।
‘यस क्षेत्रमा सक्रिय आठ कम्पनी र सबकन्ट्रयाक्टरलाई हड्ताल गर्न उक्साएको आरोपमा कालोसूचीमा राखिएको छ,’ पौराटले बताए ।
मे महिनाको सुरुमा स्थानीय सञ्चारमाध्यमले सोही क्षेत्रमा हडतालको आह्वानलाई समर्थन गर्ने बाह्य ठेकेदारहरूलाई पक्राउ गरिएको समाचार प्रकाशित गरेका थिए ।
अधिकारीहरूले अप्रिलको अन्त्यमा उनीहरूले राम्रो ज्याला र काम गर्ने वातावरणको माग गर्दै हडताल घोषणा गरेका थिए । कम्पनीले हड्तालमा सहभागी चार हजार कामदारहरूलाई प्रतिस्थापन गर्न सुरु गरेका छन् ।
प्रतिक्रिया