भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने विधेयक विषयगत समितिमा पठाइँदै
नेपालखोज
२०८० जेठ १ गते ११:०८

काठमाडौं । भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने विधेयक विषयगत समितिमा पठाइने भएको छ । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि छलफल संसदीय विषयगत समितिमा हुने भएको हो ।
विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्नेछैन । विधेयकमा सार्वजनिक सम्पत्ति हानीनोक्सानीको भ्रष्टाचारमा भने हदम्याद नलाग्ने व्यवस्था छ । हदम्यादको अवधि ‘जानकारी भएको मितिले’ पाँच वर्षको हुने भनिएको छ ।
सोमबार बस्ने प्रतिनिधि सभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची छ । यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था छ ।
सम्बन्धित

प्रतिक्रिया