बिहीबार, जेठ ३०, २०८२

काठमाडौं महानगरमा नक्सा पास गर्न कार्यालय जान नपर्ने 

नेपालखोज २०८० जेठ १ गते १५:१२

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्ड कपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको छ । 

वैशाख ३१ को प्रमुखस्तरीय निर्णयबाट जेठ १ गतेबाट कागजरहित सेवा सुरु गर्दै परम्परागत शैली अन्त्य गरेको हो । यसका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) प्रणाली अद्यावधिक गरिएको छ । यो भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो ।

प्रतिक्रिया