पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने
नेपालखोज
२०८० जेठ २ गते ६:४४

काठमाडाैं । बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण गरिने ताल निर्माणका लागि उक्त निर्णय गरिएको सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
यसका साथै सरकारी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदाको तयारीका लागि सैद्धान्तिक स्वीकृति दिनेसमेत सरकारले निर्णय गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया