शुक्रबार, जेठ ३१, २०८२

राप्रपाको भ्रष्टाचार विरोधि सभा

नेपालखोज २०८० जेठ ४ गते ११:००

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिहीबार भ्रष्टाचार विरोध सभाको आयोजना गर्दै छ । यो विरोध सभा दिउँसो १ बजे वसन्तपुरमा हुनेछ जसलाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्नेछन् ।

राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रका अनुसार राप्रपाले निजामती कर्मचारी आबद्ध कुनै पनि सङ्गठन नबनाउने पनि निर्णय लिएको छ ।

अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ सङ्गठन नबनाउने निर्णय गरेको छ,’ मिश्रले भने ।

उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन । सरकारी वेतनधारीको भातृ सङ्गठन जघन्य अपराध रहेको उनको तर्क छ ।

प्रतिक्रिया