संसद भवन जाँदा जनतालाई सास्ती हुने गरी कुनै तामझाम नगर्नू : राष्ट्रपति पौडेल
नेपालखोज
२०८० जेठ ५ गते १३:१४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफु भवन जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन् ।
राष्ट्रपति पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर आउनु पर्ने भएकाले तामझाम नगर्नका लागी निर्देशन दिएका हुन् ।
‘उहाँबाट स्टिक्ली निर्देशन भइसकेको छ। पहिले झैं आज राष्ट्रपतिज्यू संसद जाँदा नागरिकलाई कुनै सास्ती हुँदैन।’ पौडेलका प्रेस सल्लाहकार किरण पोखरले बताए।
सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेकाले संसद भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया