आइतबार, वैशाख १६, २०८१

के हो नेट रनरेट ?

नेपालखोज २०८० जेठ ७ गते १३:३३

काठमाडाैं । क्रिकेटमा बराबर अंक भएको अवस्थामा नेट रनरेटका आधारमा टिमको जित- हार निर्धारण गरिन्छ। प्रत्येक खेल पछि प्रत्येक टिमको नेट रनरेट परिवर्तन हुन्छ । खेलमा ठूलो जितको फाइदा नेट रनरेटमा हुन्छ, त्यस्तै फराकिलो हारले पनि टिमलाई पछाडि धकेल्छ । क्रिकेटका हरेक प्रतिस्पर्धामा नेट रनरेटले निकै महत्त्वपूर्ण भूमिका खेल्छ । नेट रनरेट त्यति बेला काम आउँछ जब दुई टिमको अंकमा बराबर हुन्छ । यस्तो अवस्थामा राम्रो रनरेट हुने टिम नै अगाडि बढ्छ।

नेट रनरेट कसरी निर्धारण गरिन्छ ?

नेट रनरेट टिमको ब्याटिङ रनरेट र बलिङ रनरेटको सहयोगमा गणना गरिन्छ। ब्याटिङको रन रेटलाई बलिङ रन रेटबाट घटाएर खेलपछि टिमको नेट रन रेटमा पुग्न सकिन्छ। मानौं नेपालले निर्धारित २० ओभरमा २०० रन जोडयो । यससँगै बलिङमा पनि नेपाललेे बिपक्षी अफगानिस्तानलाइ २० ओभरको समाप्तिमा १२० रनमा रोक्यो । यस्तो अवस्थामा नेपालको ब्याटिङ रनरेट १० हुनेछ भने बलिङको रनरेट ६ हुनेछ । अर्थात् ब्याटिङको १० रनरेट बाट बलिङको ६ रनरेट माइनस गर्नुपर्नेछ, त्यसपछि त्यो खेलमा नेपालको नेट रनरेट निस्कनेछ ।

पूरा ओभर नखेल्दा के हुन्छ ?

यदि कुनै टिमले आफ्नो पूरा ओभर खेल्न नसकि निर्धारित ओभर अघि नै आउट भए त्यसलाई बन्डल आउट भनिन्छ । यस्तो अवस्थामा पनि नेट रन रेटको गणना सम्पूर्ण ओभरका आधारमा गरिन्छ । अर्थात् अफगानिस्तानले नेपाल विरुद्ध १६ ओभरमा १०० रन बनाएर अलआउट भए पनि उसको ब्याटिङ रनरेट तोकिएको ओभर अर्थात् २० ओभरबाट निकालिन्छ । यस हिसाबले १००/२० बराबर ५ को हिसाब निस्कन्छ ।

प्रतिक्रिया