‘एआइ’का बारेमा के भन्छन् दिग्गजहरु ?

काठमाडौं । १८ औं शताब्दीको औद्योगिक क्रान्ति र त्यसपछि २० औं शताब्दीको इन्टरनेट क्रान्तिपछि मानव सभ्यता अर्को ठूलो क्रान्तिको अगाडि उभिएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा दिग्गजहरू के भन्छन् ?
बिल गेट्स, संस्थापक, माइक्रोसफ्ट
‘मानिसले कृत्रिम बुद्धिमत्ताका खतराहरुका बारेमा चिन्तित हुनुपर्छ’।
टिम कुक, सीईओ, एप्पल
‘एआईको प्रयोग मानवलाई नै खतरामा पार्न होइन कि मानव हितका लागि गरिएको छ भन्ने कुरा सुनिश्चित गर्न आवश्यक छ ।’
एलोन मस्क, संस्थापक, टेस्ला
‘यदि तपाइँ एआई सम्बन्धि सुरक्षाका बारेमा चिन्तित हुनुहुन्न भने तपाइँले हुनुपर्छ । यो उत्तर कोरिया भन्दा बढी खतरनाक छ ।’
स्टीफन हकिङ, प्रसिद्ध भौतिकशास्त्री
‘कृत्रिम बुद्धिको विकासले मानव जातिको अन्त्यको प्रारम्भ गर्न सक्छ । यो आवश्यक छ कि एआइ लाई अझ राम्रो बनाउनुका साथ हामीले यसलाई मानवताका लागि फाइदाजनक पनि बनाउनु पर्छ।’
जेफ बेजोस, संस्थापक, अमेजन
‘हामी एआइको स्वर्ण युगको शुरुवातमा छौं । भर्खरको घटनाक्रमले विज्ञान कथामा कल्पना मात्र गरिएको कुरालाई यथार्थमा परिणत गर्ने ढोका खोलेको छ ।’
सत्य नाडेला, सीईओ, माइक्रोसफ्ट
‘हामीले एआइ लाई कसरी राम्रो सँग प्रयोग गर्न सकिन्छ भनेर देखेका छौं, तर हामी यसका अप्रत्यक्ष तथा नकारात्मक नतिजाहरूका लागि पनि तयार हुनुपर्छ । यसका लागि सार्वजनिक र निजी क्षेत्रले पहल गर्नुपर्छ ।’
सुन्दर पिचाई, सीईओ, अल्फाबेट (गुगल)
‘आर्टिफिसियल इन्टेलिजेन्सले सम्पूर्ण समाजमा ठूलो प्रभाव पार्नेछ। समाजले त्यस अनुरुप आफुलाइ ढाल्न सक्नुपर्छ । एआइको द्रुत विकास संगै नक्कली समाचार र नक्कली तस्बिरको प्रवृति पनि बढ्नेछ जसले ठूलो नोक्सानि निम्त्याउन सक्छ।’
प्रतिक्रिया