सोमबार, वैशाख १७, २०८१

ए डिभिजन लिग : दुई खेल बराबरीमा रोकिदा अर्को खेलमा मच्छिन्द्रको जित

नेपालखोज २०८० जेठ ७ गते २१:२३

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लबले अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल र संकटा २२ को बराकरी खेलेका हुन् । अंक बाँड्दा जावालाखेल दोस्रो स्थानबाट तेस्रो स्थानमा झरेको छ ।

त्यस्तै, च्यासल मैदान ललितपुरमा आज भएको खेलमा मच्छिन्द्र क्लबले न्यूरोड टिम (एनआरटी)लाई २–० गोल अन्तरले पराजित गरेको छ। जारी लिगमा मच्छिन्द्र ३४ अंक भएको छ भने एनआरटीको २३ अंक छ ।

अर्को खेलमा मनाङ मस्र्याङ्दी र विभागीय क्लव एपीएफले २–२ गोलको बराबरी खेलेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो ।

बराबरीसँगै मनाङले २० खेलबाट २४ अंक जोड्दै आठौं स्थानमा रहेको छ भने एपीएफ समान खेलबाट २३ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया