आइतबार, असार १, २०८२

मधेश सरकारमा कांग्रेस सहभागी, को–को बने मन्त्री ?

नेपालखोज २०८० जेठ ९ गते १०:२३

काठमाडौं । मधेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी बनेकाे छ । कांग्रेस दुई मन्त्रालय लिएर सरकारमा सहभागी बनेकाे हाे ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् ।

उनीहरुको आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । भागबण्डामा थप दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने कांग्रेसको तयारी छ ।

मधेश प्रदेशमा अहिले एमालेका रामचन्द्र मण्डल सभामुख छन् ।

प्रतिक्रिया