बिहीबार, जेठ ९, २०८२

विगतभन्दा राम्रो नीति तथा कार्यक्रम आएको छ : सांसद शर्मा

नेपालखोज २०८० जेठ ९ गते १३:५६

काठमाडौं । राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि विगतको भन्दा राम्रो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले देश र जनताका समस्या सम्बोधन गर्ने प्रयास नीति तथा कार्यक्रममा समेटिएको बताए ।

‘नीति कार्यक्रममा कमजोरी छैनन् म भन्दिन, तर विगत छ वर्षयताको सबैभन्दा उत्कृष्ट छ’, उनले भने, ‘सबैको भविष्य यसको कार्यान्वयनसँग जोडिएको छ, नीति तथा कार्यक्रम राम्रै आउने तर कार्यान्वयन नहुने हाम्रो नियति रहेको छ, तर यस पटक कार्यान्वयन हुने ढङ्गबाट नीति तथा कार्यक्रम आएको छ ।’

नीति तथा कार्यक्रमले मुख्यतः मुलुकका तीन वटा क्षेत्रमा देखिएको समस्या समाधानको प्रयत्न गरेको सांसद शर्माको भनाइ छ । ‘नीति तथा कार्यक्रमले अहिलेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अराजकताको समस्या समाधान गर्ने र राष्ट्रलाई नयाँ ढङ्गले अगाडि बढाउने सङ्कल्पका साथ आएको छ’, उनले भने ।

प्रतिक्रिया