काभा वुमन्स् भलिबल : जितसहित नेपाल सेमिफाइनलमा

नेपालखोज २०८० जेठ ९ गते १६:५०

काठमाडाैं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०,  २५–८ र २५–९ ले हराएको हो ।

जितसँगै समूह ‘ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै भएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । दुई खेलमा जितबिहिन बंगलादेश र किर्गिस्तान भने समूहचरणबाट बाहिरिएका छन् ।

अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

प्रतिक्रिया