प्लास्टिकको प्रयोग घटाउँदा हुने आर्थिक लाभ

संयुक्त राष्ट्रसंघीय वातावरण एजेन्सी, यूएनईपीको प्रतिवेदनअनुसार राम्रो योजना बनाएर प्लास्टिकबाट दूरी बनाएर सन् २०४० को अन्त्यसम्ममा विश्वले ४५०० अर्ब डलर बचत गर्न सक्छ । यसमा एकल प्रयोगको प्लाष्टिक उत्पादन नगर्दा बच्ने लागत समावेश छ । यता प्लाष्टिकका कारण स्वास्थ्य र वातावरणमा हुने क्षतिमा सबैभन्दा बढी रकम खर्च भैरहेको छ ।
यूएनईपीको अर्थशास्त्र शाखाका उपनिर्देशक र अनुसन्धान सहायक स्टिभन स्टोनका अनुसार प्लाष्टिकको सबैभन्दा ठूलो मूल्य स्वास्थ्यका लागि तिर्ने गरेको अहिले वैज्ञानिक रूपमा प्रमाणित भैसकेको छ । प्लाष्टिक वा प्लाष्टिक बनाउन प्रयोग हुने रसायनका कारण क्यान्सर लगायतका धेरै गम्भीर रोगहरु आउने गरेका छन् । प्लास्टिकको अव्यवस्थित प्रयोग रोक्न सरकारले नयाँ सोच अपनाउनुपर्छ । सरकारले चक्रीय अर्थतन्त्रको मोडल अपनाए प्लास्टिक प्रदूषण नियन्त्रणसँगै सात लाख नयाँ रोजगारी सृजना हुन सक्छ ।
यी अधिकांश काम प्लास्टिक रिसाइकलसँग सम्बन्धित हुनेछन्। यो मोडल न्यून आय भएका देशका लागि निकै प्रभावकारी साबित हुन सक्छ ।
के प्लास्टिक समाप्त हुनेछ ?
यूएनईपीले प्लाष्टिकको प्रयोगलाई पूर्णतया उन्मूलन गर्ने बिषयमा सोच्न नसकेको अधिकारीहरु बताउँछन् । स्टिभन स्टोन भन्छन्, ‘प्लास्टिकको धेरै उच्च मूल्य छ यदि तपाईंले यसलाई निरन्तर प्रयोग गरिरहनुभयो भने। यो बलियो र हल्का हुन्छ। यो कार र हवाइजहाजहरूमा प्रयोग गरिन्छ। यसले समाजका लागि धेरै प्रकारका काम गर्दछ, जसका कारण यसको मूल्य धेरै उच्च छ। त्यसैले हामी प्लास्टिकलाई खलनायक बनाउन खोजिरहेका छैनौं ।’
स्टोनका अनुसार प्लाष्टिक फोहोरको विसर्जनमा कम्पनीले नाफा कमाउन थाले भने राम्रो नतिजा आउन सक्छ । उनले यो अभियानमा आम जनतालाई फाइदा पुग्ने कुराको पनि वकालत गरिरहेका छन् ।
प्रतिक्रिया