मंगलबार, असार २४, २०८२

कार्बन उत्सर्जनमा धनाड्यहरुको योगदान

नेपालखोज २०८० जेठ ११ गते ५:४८

विश्वका १ सय २५ जना ‘सुपर रिच’ ले साधारण मानिसभन्दा १० लाख गुणा बढी कार्बन उत्सर्जन गर्छन् । गैर-लाभकारी समूह अक्सफामको एक प्रतिवेदनअनुसार विश्वका धनी अर्बपतिहरूमध्ये १२५ जनाको लगानीले वार्षिक औसत ३० लाख टन कार्बन डाइअक्साइड उत्सर्जन गर्छ, जुन विश्वको औसतको ९० प्रतिशतको औसतभन्दा १० लाख गुणा बढी हो अर्थात् केवल १२५ जना अर्बपति लगानीकर्ताले विश्वका ९० प्रतिशत जनताको तुलनामा १० लाख गुणा बढी सिओ टु ( CO2 ) उत्सर्जन गर्छन् ।

यी अति धनी व्यक्तिहरूले १८३ वटा कम्पनीमा कुल २ दशमलव ४ ट्रिलियन डलरको स्वामित्व राख्छन् । ‘कार्बन बिलियनियर्स: द इन्भेस्टमेन्ट इमिसन अफ द वर्ल्ड्स रिचेस्ट पिपल’ शीर्षकको प्रतिवेदनले जीवाश्म इन्धन र सिमेन्ट जस्ता प्रदूषित उद्योगमा गरेको लगानी ५०० स्ट्यान्डर्ड एन्ड पुअर्स (एस एन्ड पी ग्लोबल रेटिङ्स) कम्पनीको औसतभन्दा दोब्बर बढी रहेको उल्लेख छ। यी १२५ जना अर्बपतिले संयुक्त रूपमा प्रति वर्ष ३९३ मिलियन टन CO2e (कार्बन डाइअक्साइड समतुल्य) को वित्त पोषण गर्छन्, जुन फ्रान्सको वार्षिक कार्बन उत्सर्जन वा ६७०० मिलियन जनसंख्या भएको देशको बराबर हो ।

यी अर्बपतिहरू मध्ये प्रत्येकले उत्सर्जन गर्ने कार्बनको बराबरि गर्न कुनै पनि ब्यक्तिले लगभग १६ मिलियन पटक निजी जेटमा संसारभर यात्रा गर्नुपर्नेछ । यी १२५ जना अरबपति मध्ये प्रत्येकको कार्बनका लागि CO2e उत्सर्जन गर्न १ दशमलव ८ मिलियन गाई चाहिन्छ भने प्रत्येक अर्बपतिको उत्सर्जनको क्षतिपूर्ति गर्न करिब ४० लाख मानिसले शाकाहारी बन्नु पर्ने प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया