शनिबार, वैशाख ८, २०८१

मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आज

नेपालखोज २०८० जेठ १३ गते १४:१२

काठमाडौं । मिस नेपाल २०२३ ले शनिबार बेलुकासम्म नयाँ विजेता प्राप्त गर्नेछ ।

यसवर्षको ग्राण्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

२४ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमध्येबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थजस्ता तीन ठूला विधाको विजेता घोषणा हुनेछन् ।

१२ सहविधाको समेत घोषणा हुनेछ । फिनालेमा चर्चित नेपाली रकस्टार अभया सुब्बाले एकल सांगीतिक प्रस्तुति दिनेछिन् ।

प्रतिक्रिया