अमवामा आँखा उपचार केन्द्र स्थापना
नेपालखोज
२०८० जेठ १३ गते १४:५५

लुम्बिनी । रुपन्देहीको ग्रामीण क्षेत्र अमवामा आँखा उपचार केन्द्र स्थापना भएको छ ।
नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।
आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी गाउँपालिकामा–२ अमवामा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले ग्रामीण क्षेत्रका जनतालाई स्थानीय तहमै स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भएको बताए ।
यसअघि आँखाको उपचारका लागि सर्वसाधारण भैरहवा, बुटवल, काठमाडौंलगायत ठाउँ जानुपर्ने बाध्यता थियो ।
नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका सभापति सागरप्रताप राणाले बिरामीलाई सहजरुपमा घरदैलोमै सेवा उपलब्ध गराउनु संस्थाको उद्देश्य रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया