शुक्रबार, चैत १६, २०८०

शेयर बजारबारे निःशुल्क परामर्श तथा तालिम सुरु

नेपालखोज २०८० जेठ १३ गते १७:४०

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले शेयर बजारबारे निःशुल्क परामर्श तालिम सुरु गरेको छ ।

शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित लगानीकर्ताहरुका लागि शेयर परामर्श एवं वित्तिय योजना तालिम सुरु गरिएको छ । यस्तो तालिम हरेक शुक्रवार एलिटल क्यापिटलको कार्यालयमा हुने जनाइएको छ ।

शेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक विज्ञहरुले तालिम दिने जनाइएको छ । क्यापिटलले तालिममा शेयर बजारको आधारभुत चरित्र, वित्तिय लगानी योजना, नेपालमा शेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमहरु लगायतका बिषयमा परामर्श दिन लागेको हो ।

तालिममा शेयर बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुदेखि कारोवार गरिरहेका लगानीकर्ताहरु पनि सहभागि हुन सक्नेछन ।

हरेक शुक्रवार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र इच्छुकले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाईटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्नेछन । तालिममा सहभागिताका लागि कुनै शुल्क लाग्नेछैन ।

प्रतिक्रिया