यी प्रदेशमा छ पानी पर्ने सम्भावना
नेपालखोज
२०८० जेठ १४ गते ५:१४

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश लागायत सुदूरपश्चिम प्रदेश र कोसी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशका कोसी बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया