काभा महिला भलिबल : नेपालले आज उज्वेकिस्तानसँग खेल्ने
नेपालखोज
२०८० जेठ १४ गते ७:४५

काठमाडाैं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आज उज्वेकिस्तानसँग खेल्दै छन् ।
प्रतियोगितामा नेपालले आज तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
आज नेपाल उज्वेकिस्तानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । उज्वेकिस्तान पनि नेपाललाई हराएर तेस्रो बन्न चाहन्छ । काजकस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो ।
सम्बन्धित
प्रतिक्रिया