कोशी प्रदेशमा बजेट अधिवेशन सुरु हुनुअघि पहिचानवादीको आन्दोलन
नेपालखोज
२०८० जेठ १४ गते १०:०८

काठमाडौं । बाहिर पहिचानवादीको आन्दोलन चलिरहँदा संसद् सचिवालय भित्र भने नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको भए पनि ९ः३० बजे मात्रै बैठक सुरु भएको हो ।
पाचकर्ण राई भने काठमाडौंमा रहेको र अन्य केही सांसद बाटोमा रहेको प्रमुख सचेतक रेवती रवण भण्डारीले बताइन् । पहिचान बादी नेताहरूले संसद् सचिवालयमा प्रवेश गर्न रोक लगाउने भएपछि एमालेले बिहानै बैठक बोलाएको थियो ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १६ जना कार्यकर्तालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया