सात रोगको रोचक कथा

इन्फ्लुएन्जा (Influenza) : यो शब्द इटालियन शब्द ‘इन्फ्लुएन्जा’ वा अंग्रेजीको ‘इन्फ्लुएन्स’ बाट आएको हो जसको अर्थ ‘प्रभाव’ हो ।
यो शब्दको जरा ज्योतिषमा छ । मध्ययुगीन समयमा मानिसहरूले के विश्वास गर्थे भने महामारीहरू आकाशीय पिण्डहरू, विशेष गरी तारा तथा ग्रहहरूको पङ्क्तिबद्धताको प्रभावले उत्पन्न हुन्छन् ।
यो संक्रमक ताराहरूबाट प्रभावित भएको मानिन्थ्यो । श्वासप्रश्वास सम्बन्धि रोगको फैलावटलाई नियन्त्रण गर्ने आकाशीय शक्तिहरूमाथिको ऐतिहासिक विश्वासका आधारमा यो महामारीलाई ‘इन्फ्लुएन्जा’ नाम दिइएको हो ।
मलेरिया (Malaria) : हामीले जुन शब्द लाइ अफ्रिकासँग सम्बद्ध शब्द मानेका हुन्छौं त्यो रोमसँग सम्बन्धित हुनसक्छ । यो मध्ययुगीन इटालियन शब्द ‘माल’ को अर्थ ‘खराब’ र ‘एरिया’ को अर्थ ‘हावा’ बाट आएको हो – त्यसैले यसको शाब्दिक अर्थ ‘खराब हावा’ हो ।
यो शब्द रोम वरपर मार्शल्याण्डहरूबाट उठ्ने फोहोर हावालाई वर्णन गर्न प्रयोग गरिएको थियो, जुन यो रोगको कारण हो भन्ने विश्वास गरिएको थियो । अहिले हामी यसलाई मलेरिया भनेर चिन्छौं ।
डेंगू (Dengue) : ‘डेंगु’ शब्दको उत्पत्ति स्वाहिली वाक्यांश ‘डिंगा डिंगा’ बाट भएको मानिन्छ, जसको अर्थ ‘जप्ती/कब्जा’ वा ‘अचानक सुरुवात’ हो ।
यसले लामखुट्टेबाट सर्ने भाइरल रोगसँग सम्बन्धित लक्षणहरूको अचानक र तीव्र प्रकृतिको सही रूपमा वर्णन गर्दछ । स्वाहिली वाक्यांशले अंग्रेजी भाषामा ‘डेंगु’ को रूपमा आफ्नो बाटो बनायो र यो प्रचलित र मानिसलाई कमजोर बनाउने रोगको नाम बन्यो ।
चिकनगुनिया (Chickengunya) : दक्षिणपूर्वी तान्जानिया तथा उत्तरी मोजाम्बिकमा बोलिने माकोन्डे भाषाबाट उत्पत्ति भएको, ‘चिकुनगुनिया’ को नेपाली अनुवाद ‘जो झुक्छ’ हो ।
नामले यो लामखुट्टेबाट सर्ने भाइरल रोगबाट संक्रमित व्यक्तिहरूले अनुभव गरेको गम्भीर जोर्नी दुखाइ र कठोरतालाई जनाउँछ । यो शब्दले स्पष्ट रूपमा यो रोगबाट प्रभावित व्यक्तिहरूले भोगेको – सहेको शारीरिक पीडालाई दर्शाउँछ ।
इबोला (Ebola) : ‘इबोला’ रोगको नाम प्रजातान्त्रिक गणतन्त्र कंगो (पहिले जायर) को इबोला नदीबाट आएको हो जहाँ यसको भाइरस पहिलो पटक १९७६ मा पहिचान गरिएको थियोेे। प्रारम्भिक प्रकोप क्षेत्रसँग नदीको निकटताका कारण यो रोगको नाम राखिएको हो ।
चाखलाग्दो कुरा के छ भने, इबोला नदीको नाम स्थानीय एफिक र इग्बो शब्दहरू ‘ओउवा’ र ‘उउवा’ बाट राखिएको हो, जसको अर्थ ‘सेतो पानी’ हो (किनभने छिटो बग्ने पानी फिजँयुक्त सेतो देखिन्छ)।
पार्किन्सन (Parkinson’s Disease) : पार्किन्सन मस्तिष्क सम्बन्धि विकार हो । यसमा अनपेक्षित वा अनियन्त्रित बॉडी मुभमेन्ट जस्तै हात र खुट्टा काँपने र सन्तुलन र समन्वयमा कठिनाइ जस्ता समस्या देखा पर्छ । यो नाम एक अंग्रेजी चिकित्सक जेम्स पार्किन्सनको नाममा राखिएको हो ।
१८१७ मा पार्किन्सनले “एन ऐसे अन द शेकिङ पाल्सी” शीर्षकमा एक प्रभावशाली रिसर्च वर्क प्रकाशित गरेका थिए । उनको अवलोकनले यो रोगको लक्षण र प्रगतिको विस्तृत विवरणले बुझ्न मद्दत गर्यो। पार्किन्सनको यहि अभूतपूर्व कामका कारण यो रोग उनको नाममा राखिएको हो ।
अल्जाइमर (Alzheimer’s ) : अल्जाइमर स्मृति हानि संग सम्बन्धित न्यूरोलोजिकल विकार हो । यो नाम जर्मन मनोचिकित्सक तथा न्यूरोप्याथोलोजिस्ट Alois Alzheimer को नाममा राखिएको हो ।
१९०६ मा अल्जाइमरले एक बिरामीको मस्तिष्कको तन्तुको जाँच गरेका थिए जसमा गम्भीर स्मरणशक्ति हानि सहित अचम्मका लक्षणहरू देखिएको थियो । उनको सावधानीपूर्ण विश्लेषणले यो रोगको विशेषता र असामान्यताहरू पत्ता लगायो ।
अल्जाइमरको खोजले डिमेन्सियाको बुझाइमा क्रान्ति ल्यायो। बिरामीको मस्तिष्कको अद्वितीय विशेषताहरूलाई सावधानीपूर्वक दस्तावेजीकरण गरेर उनले भविष्यको अनुसन्धानका लागि जग बसाले भने यो विनाशकारी अवस्थाको निदान र उपचारमा प्रगतिका लागि मार्ग प्रशस्त समेत गरे ।
प्रतिक्रिया