मलेसियामाथि नेपालको सानदार जित

नेपालखोज २०८० जेठ १६ गते १२:४४

काठमाडौं । नेपालले दोस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित निकालेको छ ।

जितसँगै नेपालले पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सिरिजमा १-१ को बराबरी गर्न सफल भएको छ । मलेसियाले दिएको ९७ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित २९ रन बनाईन् ।

नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुआत दिलाउँदै जितको आधार तय गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए ।

कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् । अर्की ओपनर सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाईन् ।

विन्दु रावल १८ बलमा २ चौकासहित १७ रनमा क्याच आउट भइन् । सम्झना खड्का २ रनमा अविजित रहिन् । मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो।

मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएकी थिइन् । उनीफ्राई दुरासिंघम २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड आउट भईन् ।

वान जुलिया ३५ बलमा २० रनमा आउट भइन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा अविजित रहिन् । नेपालको लागि कप्तान रुविना क्षेत्रीले २ तथा इन्दु बर्मा र कविता कुँवरले समान १र१ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो । जेठ १८ मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।

प्रतिक्रिया