पाँचवटा प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०८० जेठ १८ गते ५:४९

काठमाडाैं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको विभागले जनाएकाे छ । अहिले कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया