नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ १८ गते २१:४८

केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय ।

साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान ।

पुलिसले एनआरटीलाई हराउँदा मनाङलाई रोशनले बचाए, फ्रेन्ड्स र हिमालयनको बराबरी ।

टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित ।

बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल ।

सेयर बजारमा करेक्सन देखिएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट घोषणा गरेपश्चात लगातार उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने बढेको छ ।

सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिए ।

प्रतिक्रिया