हृदय घातमा हुँदैन समयमै उपचार

नेपालखोज २०८० जेठ २० गते १३:३८

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हृदय रोगहरु गत वर्ष विश्वभर भएका १७.९ मिलियन मृत्युका लागि जिम्मेवार थिए । त्यसमध्ये ८५ प्रतिशत मृत्यु हृदयघात र स्ट्रोकका कारण भएको थियो ।

नेपालको तथ्यांक हेर्दा पनि देशमा हुने ३० प्रतिशत भन्दा बढि मृत्युको कारण मुटुसम्बन्धी रोग भएको पाइन्छ । यस्तो अवस्थामा मुटु रोगको रोकथाम नेपालको जनस्वास्थ्यको प्राथमिकता हुनुपर्छ ।

हृदयघात वा अन्य हृदय सम्बन्धित आपतकालिनहरूमा समयमै हेरचाह निकै महत्त्वपूर्ण छ । धेरैजसो अवस्थामा समयमै नपाउँदा बिरामीको मृत्यु हुने गरेको छ ।

अनुसन्धानमा पनि यो कुरा पुष्टि भएको छ । शोधकर्ताहरुका अनुसार मायोकार्डियल इन्फ्रक्सन (एमआई) अर्थात् हृदयघातको अवस्थामा समयमै उपचार पाए यसबाट हुने मृत्युको जोखिम ३० प्रतिशतले घटाउन सकिन्छ ।

एक अध्ययनका अनुसार हृदयघातका बिरामीको उपचारमा ३० मिनेट ढिलो भए एक वर्षभित्र मृत्युदर ७.५ प्रतिशतले बढ्छ ।

प्रतिक्रिया