शुक्रबार, चैत १६, २०८०

उमेर बढ्दै जाँदा हामी पुरानो हुँदैनौँ, नयाँ हुँदै जान्छौँ : एमिली डिकिन्सन

नेपालखोज २०८० जेठ २१ गते ६:२२

एमिली एलिजाबेथ डिकिन्सन अमेरिकी कवि हुन् । उनी म्यासाचुसेट्सको कुलीन परिवारमा जन्मिएकी थिइन्।

१. यदि तपाईँ लामो यात्रामा जान चाहनुहुन्छ भने पुस्तक भन्दा राम्रो जहाज अरू केही हुँदैन ।

२. यदि मैले एउटा मुटुलाई पनि टुट्न वा दुख – समस्या बाट बचाउन सक्छु भने मेरो जीवन व्यर्थ गएको छैन।

३. उमेर बढ्दै जाँदा हामी पुरानो होइन, नयाँ बन्दै जान्छौ ।

४. हामी बिस्तारै बुझ्छौँ, तर बुढ्यौली अचानक आउँछ।

५. जनावरहरू मानिसहरू भन्दा राम्रा छन् किनभने तिनीहरू सबै कुरा जान्दछन् – बुझ्दछन् तर कहिल्यै बोल्दैनन् ।

६. हामी के सोच्छौँ वा महसुस गर्छौँ वा के कुरामा विश्वास गर्छौँ त्यो हाम्रो व्यवहार होइन हामी के गर्छौँ त्यो नै हाम्रो व्यवहार हो ।

७. आमा त्यस्ती व्यक्ति हुन्, जसकहाँ हामी आफू समस्यामा पर्नासाथ पुगिहाल्छौँ ।

८. मबाट अरू सबै कुरा लिनुहोस्, केवल उत्साह मलाई छोडिदिनुहोस्। यसले नै मलाई सम्पन्न बनाउनेछ ।

९. जबसम्म म प्रेममा थिएँ, जीवन बाँच्न सक्षम थिएँ।

१०. आशा एउटा यस्तो चिज हो, जसका लागि कुनै शब्द छैन, त्यो हाम्रो आत्मा भित्र बास गर्छ र कहिल्यै रोकिँदैन।

प्रतिक्रिया