शुक्रबार, वैशाख ७, २०८१

भारतमा १४ एफडीसी औषधि प्रतिबन्धित

नेपालखोज २०८० जेठ २१ गते ११:४७

काठमाडौं । भारत सरकारले निमेसुलाइड र घुलनशील पारासिटामोल ट्याब्लेट तथा क्लोफेनिरामाइन मेलेट र कोडिन सिरपलगायत १४ एफडीसी औषधिमा प्रतिबन्ध लगाएको छ ।

भारत सरकारका अनुसार ती औषधिको कुनै चिकित्सा औचित्य छैन र यो मानिसहरूका लागि जोखिमू हुन सक्छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै ‘फिक्स्ड डोज कम्बिनेसन’ (एफडीसी) भएका यी औषधिमाथि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धित औषधिहरूमा सामान्य संक्रमण, खोकी र ज्वरोको उपचार गर्न प्रयोग गरिने मिश्रित औषधिहरू समावेश छन् । यसमा निमेसुलाइड र प्यारासिटामोल घुलनशील ट्याब्लेटहरू, क्लोरफेनिरामाइन + मेलेट , कोडिन सिरप , फोल्कोडाइन+ प्रोमेथाजिन, एमोक्सिसिलिन+ ब्रोमहेक्साइन र ब्रोमहेक्साइन + डेक्सट्रोमेथोरफान+ अमोनियम क्लोराइड+ मेन्थॉल, प्यारासिटामोल+ ब्रोमहेक्सिन+ सल्ब्युफेनाइरामिन+ सल्ब्युलेफिनाइनं ब्रोमहेक्सिन समाबेस छन् ।

विज्ञ समितिको सुझावपछि यो कदम चालिएको हो । विज्ञ समितिका अनुसार – यस एफडीसी FDC (फिक्स्ड डोज कम्बिनेसन) को कुनै उपचारात्मक औचित्य छैन र FDC ले मानवजातिका लागि जोखिम खडा सक्छ । त्यसैले एफडीसी को निर्माण, बिक्री वा वितरणमा प्रतिबन्ध लगाउनु नै उचित हुन्छ ।

एफडीसी ड्रग ती औषधी हुन् जसमा एक निश्चित अनुपातमा दुई वा बढी सक्रिय औषधीय सामग्रीको मिश्रण हुन्छ । भारत सरकारले सन् २०१६ मा ३ सय ४४ वटा औषधि संयोजनको उत्पादन एवं बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

सर्वोच्च अदालतको आदेशमा गठित विज्ञ समितिले वैज्ञानिक तथ्याङ्कविना बिरामीलाई औषधि बिक्री भैरहेको बताएपछि यस्तो घोषणा गरिएको हो । यो आदेशलाई निर्माताहरूले अदालतमा चुनौती दिएका थिए । हाल प्रतिबन्धित १४ एफडीसी तिनै ३४४ औषधिहरूको संयोजनको अंश हुन् ।

प्रतिक्रिया