पर्यटकीय स्थलको पर्यावरण जोगाउँ

प्रत्यक वर्षको जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । वातावरण संरक्षणका लागि जनतालाई सचेत गराउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ । नेपाल प्राकृतिक सौन्दर्यको दृष्टिले निकै सम्पन्न छ । यहाँ धेरै सुन्दर पर्यटकीय स्थलहरू, नदी, पहाड, ताल तथा झरनाहरू छन् जहाँ प्रत्येक मौसममा पर्यटकहरूको घुइँचो लाग्दछ । त्यस माथि अहिले नेपालमा आन्तरिक पर्यटन पनि निकै फस्टाएको छ ।
नेपालका प्रसिद्ध पर्यटकीय गन्तव्यको सुन्दर दृश्य तथा प्राकृतिक सौन्दर्य हेर्न टाढा टाढाबाट मानिसहरु आउँछन् । यहाँ धेरै पर्यावरणीय पर्यटनका विकल्प पनि छन । यस्ता इको(साइटहरू हाम्रो देसका गहना हुन् । यद्यपि ती पर्यटकीय स्थलहरूमा यात्रुहरू पुगेपछि जानीजानी वा अन्जान मै ती ठाउँहरु दूषित हुन पुग्छन् । यस्ता पर्यटकीय स्थलको वातावरण संरक्षणम यात्रुहरूले केही कुरामा विशेष ध्यान पुर्याउनुपर्छ ।
नदी र ताललाई प्रदूषित हुनबाट जोगाउँ
पर्यटकिय यात्रामा रहदा त्यहाँ भएका नदी, झरना वा तालहरू सफा राख्ने प्रयास गर्नुपर्छ । प्रायः झरना तथा तालहरूले मानिसहरूलाई आकर्षित गर्छन् तर कपडा, प्लास्टिक, पोलिथिन आदि सामान पानीमा फाल्नेहरुको कमि देखिँदैन । यसले जलीय जीवहरूलाई क्षति पुर्याउँछ । यससँगै यी नदी र तालको प्राकृतिक सौन्दर्य पनि बिग्रन्छ ।
फोहोर नगरौं
प्रायः यात्रुहरू राष्ट्रिय निकुञ्ज, हरिया पहाडहरूमा पदयात्रा वा क्याम्पिङका लागि जान्छन् भने उनिहरुले आफुले गरेको फोहोर त्यहिँ छोड्छन्। उनीहरुले खानेकुरा लिएर जाने तर प्लास्टिक, पोलिथिन आदि खुलामा छाड्ने गरेकाले फोहोर फैलन्छ । यस्तो फोहोरका कारण त्यो क्षेत्र कुरुप मात्र बन्दैन रोग फैलने सम्भावना पनि बढछ । यसबाट त्यहाँका जनावरहरू पनि जोखिममा पर्छन् ।
सवारी प्रदूषण नियन्त्रण
आजका युवाहरूलाई सडक यात्रा निकै रोमाञ्चक लाग्छ। उनीहरु आफ्नै सवारी साधनमा यात्रामा जान्छन् । डिजेल ( पेट्रोलका यी गाडीहरूले शान्त प्राकृतिक बाताबरणमा प्रदूषण फैलाउँछन् । यस्तो प्रदूषणले वातावरणलाई नोक्सान पुर्याउँछ। स्वच्छता र स्वस्थ वातावरणका लागि पर्यटन गन्तव्य भ्रमण गर्दा सार्वजनिक सबारि वा बिदुतिय सबारि प्रयोग गर्नु उचित हुन्छ । सवारी साधनको गुणस्तरमा ध्यान दिनुपर्छ भने वायु प्रदूषणमा सचेत रहनुपर्छ ।
जीवित प्राणीहरूलाई हानि
पार्क, जङ्गल वा कुनै पनि वातावरणीय स्थलमा स(साना जनावरहरू भेटिन्छन्। मानिसहरू आफ्नो रमाइलोका लागि ती जनावरहरूलाई हानि पुर्याउँछन् । कुनै पनि जिबजन्तु लाइ हानि पुर्याउनु भनेको हामिले आफ्नै प्रकृतिलाई हानि पु¥याउँनु हो ।

प्रतिक्रिया