शुक्रबार, वैशाख ७, २०८१

१२० हर्ज डिस्प्ले युक्त बजेट स्मार्टफोन

नेपालखोज २०८० जेठ २२ गते १२:०५

काठमाडाैं । शाओमिले आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १२ फाइभजी ( Redmi Note 12 5G ) नेपाली बजारमा लन्च गरेको छ । यो बजेट फोनमा १२० हर्ज रिफ्रेस रेटका साथ ६.६७ इन्चको अमोलेड ( AMOLED) डिस्प्ले प्राप्त हुन्छ ।

यसबाहेक यो फोनमा विभिन्न प्रयोगकर्ताको प्राथमिकता लाई ध्यानमा राख्दै विभिन्न प्रदर्शन मोडहरू दिइएको छ । यी मोडहरूमा अध्ययन मोड पनि समावेश छ जसले परिष्कृत पठन अनुभव प्रदान गर्दछ । यसको Netflix HD मोडले गरी नेटफ्लिक्सबाट सामग्री स्ट्रिम गर्दा उच्च गुणस्तरको भिजुअल दिन्छ ।

प्रभावशाली ब्याट्री तथा चार्जिङ क्षमता
रेडमी नोट १२ फाइभजी फोन ५००० एमएएचको ब्याट्रीले सुसज्जित छ जसले ३३ वाटको द्रुत चार्जिङलाई समर्थन गर्दछ ।यो फोन खरिद गर्दा ग्राहकले नि:शुल्क चार्जर पाउनेछन् ।

पर्फमेन्स तथा स्टोरेज
रेडमी नोट १२ फाइभजी Snapdragon 4 Gen 1 चिपसेटबाट संचालित छ। यो क्वालकमको नयाँ मिड-रेन्ज चिपसेट हो जसले अघिल्लो पुस्ताको तुलनामा उल्लेखनीय रुपमा कार्यसम्पादन गर्दछ। यो फोनमा ८ जिबि र्याम तथा २५६ जीबि स्टोरेज दिइएको छ । यो फोन एन्ड्रोइड १२ मा आधारित MIUI 14 मा चल्छ ।

क्यामेरा र सुरक्षा
यसमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेलको माइक्रो क्यामेरा दिइएको छ । सेल्फीका लागि यसमा १३ मेगापिक्सेल क्यामेरा छ । यसमा परिष्कृत सुरक्षा र सुविधाका लागि साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर तथा एआई फेस अनलक पनि छ ।

रेडमी नोट १२ फाइभजीको मूल्य
नेपाली बजारमा रेडमी नोट १२ फाइभजी दुई भेरियन्टमा उपलब्ध छ । ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २९,९९९ रुपैयाँ छ भने ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३१,९९९ रुपैयाँ छ । यो फोन ग्राहकहरुका लागि जुन ११ देखि उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया