शुक्रबार, वैशाख १४, २०८१

रणवीर सिंहका अपकमिङ चलचित्र

नेपालखोज २०८० जेठ २२ गते १२:२२

काठमाडाैं । रणवीर सिंहका पछिल्ला केही फिल्म बक्स अफिसमा फ्लप भएका छन् । आगामी दिनमा उनले बक्स अफिसमा धमाका गर्न सक्छन् ।

रणवीर सिंहको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ जुलाई २८ मा रिलिज हुँदैछ । रणवीर सिंह फरहान अख्तरको ‘डन – ३’ मा पनि देखिनेछन्, जसलाई शाहरुखले अस्वीकार गरेका थिए ।

रणवीर सिंहको हातमा सञ्जय लीला भन्सालीको फिल्म ‘बाजु बावरा’ पनि छ, जसको काम चाडैं सुरु हुँदैछ । रोहित शेट्टीको फिल्म ‘सिंघम- ३’ मा पनि रणवीर सिंहको प्रवेश हुने बताइदैछ ।

यसबाहेक रणवीरसँग शंकरको फिल्म ‘अपरिचित’ को हिन्दी रिमेक पनि छ । रणवीर कै अभिनयमा तमिल उपन्यासमा आधारित फिल्म बनाउने तयारी पनि भैरहेको छ ।

हालै फिल्म ‘शक्तिमान’का लागि रणवीर सिंहको चयन हुनसक्ने कुरा पनि बाहिर आएको छ ।

प्रतिक्रिया