सुनकोसी नदीमा बेपत्तामध्ये मंगलबार निकालिएका दुई जनाको सनाखत
नेपालखोज
२०८० जेठ २४ गते ६:००

काठमाडौं । सुनकोसी नदीमा बेपत्तामध्ये मंगलबार निकालिएका दुई जनाको सनाखत भएको छ । सीटीइभीटीका प्रशासन महाशाखा निर्देशक सहसचिव कृष्ण बीसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको सनाखत भएको हो ।
गत शुक्रबार सुनकोशी नदीमा खसेको सीटीईभीटीको गाडी मंगलबार भेटिएको थियो । दुर्घटनामा परेका पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै बेपत्ता छन् ।
गाडीसँगै नदीमा खसेका गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर निस्किएका थिए । बा १ झ ७४६७ नम्बरको सीटीईभीटीको जिप भक्तपुरबाट खोटाङ जाने क्रममा शुक्रबार दिउँसो खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
सम्बन्धित

प्रतिक्रिया