शुक्रबार, वैशाख १४, २०८१

बढि निन्द्राले हैरान हुनुहुन्छ ?

नेपालखोज २०८० जेठ २५ गते ७:०८

स्वस्थ शरीरका लागि कम्तीमा ७ देखि ८ घण्टा सुत्नु आवश्यक हुन्छ । तर यदि तपाई हरेक दिन ८ घण्टाभन्दा बढी सुत्नुहुन्छ वा राती ८ घण्टा सुत्दा पनि दिनभर निन्द्रा लाग्छ भने तपाई हाइपरसोम्निया नामक समस्याबाट ग्रसित हुन सक्नुहुन्छ । यसमा ८ घण्टा सुत्दा पनि मानिसलाई बारम्बार निन्द्रा लाग्छ वा निद्रा लागेको महसुस हुन्छ । यो एक प्रकारको निद्रा विकार हो जसमा राती लामो समय सुत्दा पनि दिनभर निद्रा लागिरहन्छ ।

दिनभर निन्द्रा लाग्नुको कारण के हो ?

– कतिपय औषधीहरू छन् जसका कारणले हाइपरसोम्नियाको समस्या उत्पन्न हुन्छ ।

– तनाव वा डिप्रेसनबाट पीडित हरुलाई पनि धेरै निद्रा लाग्छ ।

– रक्सी जस्ता केही लतका कारण पनि अत्यधिक निद्रा लाग्ने गर्छ।

– शरीरमा कमजोरी हुँदा पनि थकान महशुस हुन्छ जसका कारण निद्रा लाग्छ ।

अत्यधिक निद्राबाट छुटकारा पाउने उपाय

– राती राम्रो निन्द्रा लिन सुत्नुभन्दा १ घन्टाअघि मोबाइल र टिभीबाट टाढा बस्नुहोस्।

– बेलुकाको हल्का खाना खानुहोस् । यसबाट रातको निन्द्रा पूरा हुन्छ र दिउँसो निन्द्रा लाग्दैन ।

– आफ्नो दिनको सुरुवात व्यायामबाट गर्नुहोस्। प्रत्येक दिन कम्तिमा १५ मिनेट व्यायाम गर्नुहोस् । यसबाट दिनभर उर्जा मिल्नेछ र फिट पनि रहन सकिनेछ ।

– यदि दिउँसो कुनै काम छैन भने ओछ्यानमा पल्टिँदा निद्रा लाग्छ। यस्तो अवस्थामा दिनभर आफूलाई व्यस्त राख्नुपर्छ ।

– तनाव शरीरका लागि हानिकारक छ, यसबाट टाढा रहनु नै उपयुक्त हो ।

– आफ्नो बहुमूल्य समयबाट केही समय निकालेर ध्यान गर्नुपर्छ ।

प्रतिक्रिया