परित्यक्त अफगान बालबालिका

अफगानिस्तान । अफगानिस्तानका तालिवानी शासकहरूको लहडपनका कारण अफगानिस्तानका पाँच लाखभन्दा बढी बालबालिकाको भविष्य अन्धकारमा परेको छ।पछिल्लो समयमा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थामा नै तालिवानीहरूले प्रतिबन्ध लगाएपछि अफगान बालबालिकाको अवस्था संसारले नै परित्याग गरेको जस्तो भएको छ।
युनिसेफले हाल विद्यालय बाहिर रहेका अफगान बालबालिकालाई शिक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (एनजीओ) मा तालिबान सरकारले लगाएको कथित प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ। यो प्रतिबन्धले लगभग पाँच लाखभन्दा बढी बालबालिकाहरूको शिक्षा जोखिममा पार्ने युनिसेफले जनाएको छ ।
राष्ट्रसंघीय निकाय युनिसेफले शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न विदेशी संस्थाहरूका अधिकारीहरूले विरोध गरेको रिपोर्टका सम्बन्धमा सक्रिय रूपमा थप जानकारी खोजिरहेको बताएको छ।
झण्डै दुई वर्षअघि सत्ताग्रहण गरेदेखि तालिबानले बालिकाहरू र महिलाहरूलाई माध्यमिक विद्यालय र विश्वविद्यालयहरूमा जान प्रतिबन्ध लगाएको छ। युनिसेफले एक विज्ञप्ति जारी गर्दै यस प्रतिबन्धका सम्भावित नतिजाहरूबारे गहिरो चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले अनुमती नपाएमा एक महिनाभित्र सामुदायिक शिक्षा मार्फत तीन लाखभन्दा बढी बालिकासहित ५ लाखभन्दा बढी बालबालिकाले गुणस्तरीय शिक्षामा पहुँच गुमाउन सक्ने बताएको छ ।
युनिसेफले रिपोर्ट गरिएको तालिवानको निर्देशन बुझ्नले प्रयास गरेको र यसका लागि आफ्नो प्रतिबद्धतालाई जोड दिएको छ। उता, तालिबान नेताहरूले यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक भनाई राखेका छैनन्। – INS
प्रतिक्रिया