असार १ मा प्रधानन्यायाधीश नियुक्तिको टुंगो गरिने
नेपालखोज
२०८० जेठ २९ गते १२:३८

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले असार १ प्रधानन्यायाधीश नियुक्तिको टुंगो गरिने भएको छ ।
आज बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो ।
जेठ ३० र ३१ गते समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्य तालिका छ । असार १ गते समितिले निर्णय गर्नेछ ।
तीनदिनभित्र सुनुवाइ टुंगो लगाएपछि प्रधानन्यायाधीश नियुक्तिको बाटो खुला हुनेछ ।
प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते उजुरी आह्वान भएको थियो । १० दिनको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् ।
सम्बन्धित
प्रतिक्रिया