लन्च भयो सिम्पल वनको इलेक्ट्रिक स्कुटर

काठमाडाैं । इभि स्टार्ट-अप कम्पनी सिम्पल एनर्जीले आफ्नो सिम्पल वन इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु गरेको छ। कम्पनीले बेङ्गलुरुबाट चरणबद्ध रूपमा डेलिभरी सुरु गर्ने योजना बनाएको छ। २३ मे मा लन्च गरिएको सिम्पल वन सिम्पल एनर्जीको पहिलो इलेक्ट्रिक स्कुटर हो। विगत १८ महिनामा सिम्पल वनका १ लाखभन्दा बढी प्रि-बुकिङ भैसकेको कम्पनीको दाबी छ। स्पोर्टी लुक र बलियो ब्याट्री प्याक भएको यो इलेक्ट्रिक स्कुटरले आफ्नो सेग्मेन्टमा सबैभन्दा उच्च ड्राइभिङ रेन्ज दिने दाबी बारेमा कम्पनीले गरेको छ ।
ब्याट्री पावर
सिम्पल वन इलेक्ट्रिक स्कूटरले ५ kWh को ब्याट्री प्याक पाउँछ, जुन पहिले घोषणा गरिएको ४.८ kWh ब्याट्री प्याक भन्दा अलि ठूलो छ। यो ब्याट्री BMS र IP-67 अनुपालनका साथ 7-तहको सुरक्षा प्रणालीको ज्ञारेन्टि गर्दछ। गत वर्ष घोषणा गरिएको AIS 156 परिमार्जनहरू पूरा गर्न ब्याट्रीको आकार बढाउनु परेको कम्पनीले बताएको छ।
रेन्ज
सिम्पल वनले एक पटकको चार्जमा २१२ किमी (IDC) को रेन्ज प्रदान गर्छ। कम्पनीले यसअघि एक पटकको चार्जमा २३६ किलोमिटरको दायरा रहेको दाबी गरेको थियो । यो मोडल भारतको सबैभन्दा लामो रेन्ज प्रदान गर्ने विद्युतीय स्कुटर हो।
ब्याट्री चार्जिंङ
यो ई-स्कुटरलाई ७५० वाटको होम चार्जरबाट ५ घण्टा ५४ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यो चार्जर सेप्टेम्बरदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा द्रुत चार्जिङ पनि छ जसले ब्याट्रीलाई १.५ किमी प्रति मिनेटको दरमा चार्ज गर्न सक्छ अर्थात् हरेक एक मिनेट चार्ज गरेपछि स्कुटर १.५ किलोमिटर चल्न सक्छ ।
मोटर पावर र स्पीड
सिम्पल वनको तौल १३४ किलोग्राम छ, जुन पहिले देखाइएको प्रोटोटाइपको तुलनामा बढेको छ। उो मोडलले 8.5 kW (11.3 bhp) पीक पावर र 4.5 kW (6 bhp) लगातार पावर डेलिभरी भएको PMS मिड-ड्राइभ मोटर प्रयोग गर्दछ। यसको पीक टर्क ७२ एनएम छ। सिम्पल वनले मात्र २.७७ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने दाबी गरिएको छ। यसको उच्च गति १०५ किलोमिटर प्रती घन्टा छ।
विशेषता
सिम्पल वनले ओपन-सोर्स एन्ड्रोइड ओएसका साथ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल प्राप्त गर्दछ भने यो टेलीम्याटिक्स, राइड स्टाटिस्टिक्स, ब्लुटुथ , पार्क असिस्ट तथा थप सुविधाहरू सहित आउँछ। यसमा ओभर-द-एयर (ओटीए) सफ्टवेयर अपडेटको सुविधा पनि छ।
यो ई-स्कुटरलाई ट्युबुलर स्टिल फ्रेममा निर्माण गरिएको छ । यसमा इको, राइड, ड्यास र सोनिक गरी चार मोड छन्। यो विद्युतीय स्कुटरमा १२ इन्च एलोय ह्विल दिइएको छ भने यसको अगाडि २०० एमएम डिस्क र कम्बी ब्रेकिङका साथ पछाडि १९० एमएम सिंगल डिस्क आउँछ। यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि मोनोशक युनिट प्रयोग गरिएको छ।
प्रतिक्रिया