आइतबार, वैशाख २३, २०८१

मृत प्रियजनहरूसँग ‘वार्ता’ गर्न फोन

नेपालखोज २०८० जेठ ३१ गते १७:०९

अमेरिकाको वासिङ्टनबाट करिब ६ किलोमिटर टाढाको जंगलमा एउटा फोन राखिएको छ । मानिसहरु उक्त फोन मार्फत आफ्ना मृत आफन्तहरु संग कुरा गर्छन्। यो फोन वासिङ्टनको राजधानी ओलम्पिया नजिकैको जंगलको बिचमा राखिएको छ । यद्यपि यो फोन कुनै पनि नेटवर्कमा जोडिएको छैन।

एक माध्यमका रूपमा फोन

मानिसहरु यो फोन मार्फत आफ्ना मृत प्रियजनहरु संग कुरा गर्छन्। फोन २०२० मा कोरी डेम्बेक नामका व्यक्तिले स्थापना गरेका थिए र यसको उद्देश्य मानिसहरूलाई कुरा गर्ने माध्यम दिनु थियो।

आइडिया कसरी आयो ?

डेम्बकका अनुसार एक दिन अचानक छोरीको चार वर्षकी साथीको मृत्यु भयो । त्यही दिन उसले यो फोन गर्ने सोच्यो । अमेरिकी सेनामा काम गरेका डेम्बेकले यसलाई जङ्गलमा रहेको पाइनको रूखमा राखेका थिए। यो फोन मार्फत ती युवतीका परिवारले आफ्नो मनको कुरा गर्न सक्छन् ।

ती केटीकी आमा एरिन सिल्वेस्टर भन्छिन् – यो फोन उनको भावना बाहिर निकाल्ने माध्यम हो। अर्का तर्फबाट कोहि नबोल्दा कसैलाई दुख लागे पनि यसमा आफ्नो कुरा एकोहोरो भन्न सकिने उनी बताउँछिन् ।

डेम्बेकको यो पहलपछि अमेरिकाका अन्य सहरमा पनि यस्ता फोन जडान गरिएको छ । डेम्बकका अनुसार विभिन्न ठाउँमा यस्ता करिब ५० फोन जडान गरिएको छ ।

प्रतिक्रिया