आइतबार, वैशाख २३, २०८१

ओशो : एक नजर

सुनील सापकोटा २०८० जेठ ३२ गते ५:१५

ओशोको सम्बन्धमा लेखिएका हजारौं लेख वा पुस्तकहरु छन् । मैले उनको केही प्रवचन र साना पुस्तकहरु मात्र पढेको हुँदा उनको बारेमा मैले लेख्नु भनेको एउटा धृष्टता मात्र होला । मेरो विचारमा ओशो भगवान होइनन् । उनी धार्मिक रुपमा जैन धर्मावलम्बी हुन् । तर पछि उनको आचार, व्यवहार, प्रचार, प्रसार हेर्दा उनले बुद्धलाई बढी स्विकार गरेको देखिन्छ । म यिनलाई एउटा शिक्षित विवेकशिल, तार्किक र दार्शनिकको रुपमा मात्र हेर्छु । उनको तर्क मलाई गजवको लाग्छ। उनले हरेक बिषयहरुमा बोलेका छन् । प्रायस् सबै धर्मको ब्याख्या र आलोचना गरेका छन। त्यसैले कट्टर हिन्दू , मुसलमान र क्रिश्चियनहरुले उनलाई मन पराउदैनन् ।

उनको पहिलो नाम चन्द्रमोहन जैन हो। तर आचार्य र भगवान् रजनिश हुँदै पछी ओशोको नाउँले यिनी बिश्व प्रख्यात भए।
ओशोको तर्क र भाषाशैली अद्वितीय थियो। हरेक धार्मिक पाखण्डवाद माथी उनको प्रहार सदा स्मरणीय हुनेछ। उनी जस्तो दार्शनिक शदियौं पछि मात्र यो धर्तिमा जन्म लेलान् । उनको विचार लाई मन नपराउनेले स्विकार नगर्नु बेग्लै कुरा होला तर नकार्नु चाहिँ गार्‍हो पर्छ । यिनको कतिपय बिचारहरु संग सहमत नभएकाहरु लाई पनि यिनको कुरा सुन्दा र पढ्दा एकपटक हल्लाइ दिन्छ। ओशोलाई सुन्दा आनन्द लाग्छ । धेरै मानिसको बौद्धिक र भावनात्मक विकासमा यिनले प्रभाव पारेका छन् ।

यिनको जन्म भारतको मध्यपुर प्रदेशको जवलपुरमा सन् १९३१को डिसेम्वर महिनामा भएको थियो भने र मृत्यु सन् १९ जनवरी १९८० मा ५९ वर्षको उमेरमा भारतको पुनामा भएको थियो । यिनी जसलाई पनि आलोचना गर्ने भएकाले र कट्टर हिन्दु धर्मावलम्बीहरु माथी बढी आक्रमक भएकाले भारतमा यिनी एक्लो परे ।

पछि अमेरिकामा बसोबास गर्न गए तर अमेरिकी सरकारको आलोचना गर्नाकै कारण उनलाई तत्कालीन अमेरिकि सरकारले थुनामा राखेको थियो र देश निकाला गरेको पनि थियो। अमेरिका बाट फर्के पछि उनी केही दिन नेपाल आएका थिए। त्यतिबेला उनी नेपालमा बस्न चाहान्थे तर भनिन्छ भारत सरकारको दबाबमा परेर नेपालले पनि यहाँ बस्ने अनुमती नदिएको कारणले उनी भारत नै फर्किए । हिजोआज उनी एक ब्यक्ती मात्र नभएर बिचार भएका छन। उनको बारेमा लेख्ने कुराहरु धेरै छन।

प्रतिक्रिया