सोमबार, वैशाख १७, २०८१

नेपालले पाकिस्तानलाई हरायो

नेपालखोज २०८० जेठ ३२ गते २०:२२

काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको थियो । नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।

प्रतिक्रिया