आइतबार, जेठ ५, २०८२

सन् १८५० देखि विश्वको तापक्रममा ०.०८ डिग्री सेल्सियसले बृद्धि

नेपालखोज २०८० असार १ गते ६:४१

अनुसन्धानका अनुसार विश्वको तापक्रम वृद्धिका लागि विभिन्न देशहरू जिम्मेवार छन् । सन् १८५० यता विश्वको तापक्रममा भएको वृद्धिलाई हेर्दा अमेरिका यसको लागि सबैभन्दा बढी जिम्मेवार छ ।

तथ्यांकअनुसार अमेरिकाले विगतका वर्षहरूमा जारी गरेको उत्सर्जनको मात्राले विश्वको तापक्रम ०.२८ डिग्री सेल्सियसले बढाएको छ अर्थात् विश्वव्यापी तापक्रममा १७.३ प्रतिशत वृद्धिको लागि अमेरिका एक्लै जिम्मेवार छ । त्यस्तै यो मामिलामा चीन दोस्रो स्थानमा छ, जसका कारण विश्वको तापक्रम ०.२० डिग्री सेल्सियसले बढेको छ ।

तेस्रो स्थानमा रुस छ जसका कारण ०.१० डिग्री सेल्सियसको तापक्रममा ६.१ प्रतिशतले वृद्धि भएको छ । त्यसै गरी ब्राजिलका कारण त्यहाँ यता ०.०८ डिग्री सेल्सियसले वृद्धि भएको छ । जुन ४.९ प्रतिशतको वृद्धिका लागि जिम्मेवार छ । ब्राजिल यो सूचिको चौथो स्थानमा छ ।

त्यसपछि भारत छ । यो जानकारी युनिभर्सिटी अफ इस्ट एन्ग्लियाका वैज्ञानिकहरूले गरेको अध्ययनमा खुलासा भएको हो, जसको नतिजा इन्टरनेशनल जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित भएको छ। यो अध्ययनमा अन्वेषकहरूले तीन प्रमुख ग्यास कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको उत्सर्जन र त्यसका कारण तापक्रममा भएको वृद्धिको अध्ययन गरेका छन् ।

अनुसन्धानको नतिजाले सन् १८५१ र २०२१ को बिचमा भारतबाट हुने कार्बन डाइअक्साइड (CO२) उत्सर्जनले विश्वको तापक्रम ०.०४ डिग्री सेल्सियसमा वृद्धि भएको देखाएको छ। तापक्रममा ०.०३ डिग्री सेल्सियस वृद्धिका लागि मथेन (CH4) जिम्मेवार थियो भने तापक्रममा ०.००६ डिग्री सेल्सियस वृद्धिका लागि नाइट्रस अक्साइड (N2O) जिम्मेवार थियो। सन् १८५० र २०२१ को बिचमा विश्वको तापक्रममा ०.०८ डिग्री सेल्सियस वृद्धिका लागि भारत जिम्मेवार छ ।

यसको मतलब यो अवधिमा विश्वव्यापी तापक्रम वृद्धिको ४.८ प्रतिशतको लागि भारतको उत्सर्जन जिम्मेवार छ। त्यसपछि इन्डोनेसिया, जर्मनी, बेलायत, जापान, क्यानडाको पालो आउँछ। यी सबै देश विश्वव्यापी तापक्रममा ०.०३ देखि ०.०५ डिग्री सेल्सियसको वृद्धिका लागि जिम्मेवार छन्। – एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया