पानीको हाहाकार झेल्दै द्वन्द्वग्रस्त यमन

नेपालखोज २०८० असार २ गते २०:२५

यमन । यमनमा पानीको अभाव थप सङ्कटग्रस्त बनेको छ । यहाँका बालबालिका विद्यालय जाने उमेरमा पानीको जाहो गर्न बाध्य बनेका छन् । चौध वर्षीय सलिम मोहम्मद हरेक दिन बिहान पानी लिन घरबाट निस्कन्छन् र दक्षिणपश्चिम यमनको आफ्नो शहर हुँदै नजिकैको सार्वजनिक डिस्पेन्सरको लाइनमा सामेल हुनुपर्छ ।

मोहम्मद र उनका तीन जना भाइबहिनीहरू कम्तीमा पनि एक माइल (१.६ किलोमिटर) हिँड्छन् र कहिलेकाहीँ आफ्नो पानीको भाँडो भर्ने र समयमै विद्यालयको लागि फर्कने आशामा घन्टौं सम्म पानीको लागि पर्खन्छन् ।

सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा बढी पानीको अभाव भएको मुलुकको सूचीमा रहेको यमनमा किशोरको अवस्था सामान्य छ । युद्ध र जलवायु परिवर्तनको विकराल मिश्रणले देशको पानीको समस्यालाई अझ बढाएको छ ।

युद्धका कारण महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रम र फरक–फरक वर्षाका कारण आपूर्तिमा थप असर परेको विज्ञ तथा सहायता समूहले बताएका छन् । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जल पुनःपूर्ति भइरहेको भन्दा दोब्बर दरमा ह्रास भइरहेको छ । हालको दरमा अरब प्रायद्वीपको सबैभन्दा गरिब देश २० वर्षभित्रमा भूमिगत पानीको पूर्ण रूपमा समाप्त हुन सक्ने एफएओले जनाएको छ ।

यो एक प्रतियोगिताजस्तो हो । जो पहिले पुग्छ उसले पानी पाउँछ । ढिलो पुग्ने व्यक्तिले खाली हात फर्किनु पनि पर्नसक्छ । उहाँका बच्चाहरूले सार्वजनिक ट्याङ्कीमा पानीका भाँडाहरू भर्ने स्थान शहरको वरिपरिका धेरै स्थानमध्ये एक हो ।

प्रतिक्रिया