जिम्बाबेलाई नेपालले दियो २९१ रनको लक्ष्य
नेपालखोज
२०८० असार ३ गते १६:१७

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोवल क्वालिफायर) को पहिलो खेलमा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ ।
हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो ।
नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो ।
कुशललाई ३१.५ ओभरमा वालिङटन मास्काडजाले बोल्ड गराएका थिए । कुशलले ९५ बलमा १३ चौका र दुई छक्काको मद्दतमा ९९ रन बनाए ।
यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।
कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।
जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।
सम्बन्धित

प्रतिक्रिया