मंगलबार, वैशाख २५, २०८१

पोखरा महानगरपालिकाले पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगायो

नेपालखोज २०८० असार ३ गते २३:२५

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा पोखरा महानगरपालिकाले गरेको छ ।

पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले यस्तो निर्णय गरेका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको हो ।

आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले पनि सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

प्रतिक्रिया