बिहीबार, असार ५, २०८२

सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति २ लाख राहत दिने

नेपालखोज २०८० असार ५ गते १३:५३

काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट मृतकको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ सरकारले दिने बताएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बाढी पहिरोको क्षतिबारे जानकारी गराउँदै एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने बताए।

उनले पीडितका लागि तत्कालका लागि १५ देखि २० हजार सरकारले दिने बताए।

प्रतिक्रिया